Published Date : 2018-11-20 (Modified Date : 2023-05-09)

यो कार्यालय गण्डकी प्रदेश तनहुँ जिल्ला बन्दीपुर गाउँपालीका वार्ड नं २ सरपानीमा अवस्थित छ । पृथ्वी राजमार्गको डुम्रे बजारदेखि १० कि मी दक्षिणतर्फ पर्यटकीय नगर बन्दीपुर बजारबाट २ कि मी दुरीमा समुन्द्री सतह देखि ९५० मी उचाईमा यो केन्द्र स्थापना भएको छ । यो केन्द्र तत्कालीन श्री ५ को सरकारको मिति २०५०।११।१० को निर्णय अनुसार बन मन्त्रालयको स्वामित्वमा रहने गरि उपलब्ध गराइएको जग्गामा संचालित छ । यस कार्यालय आ ब २०५१।०५२ देखि रेशम खेती विकास शाखा खोपासीबाट कीरापालन घर र कर्मचारी आवास गृह निर्माण गराई शुरू भै आ ब २०५२।०५३ देखि आफ्नो छुट्टै कार्यालयको रुपमा हुँदै आएको हो । स्थापनाकाल देखि रेशम खेती विकास कार्यालय भनी नामांकरण भएको यस कार्यालय आ ब २०६१।०६२ देखि प्रजनन पिंढी बीज कोया श्रोत केन्द्रको नामबाट संचालन हुँदै आइरहेको र  आ ब २०७५।०७६ देखि यो कार्यलय गण्डकी प्रदेश सरकार अन्तरगत रहेर कृषकहरुलाई सेवा पुर्याउदै आएको मा आ.व. २०७७/०७८ देखि गण्डकी प्रदेश सरकारको मन्त्रीस्तरीय निर्णयबाट यस कार्यालयको नाम परिवर्तन भई व्यावासायिक कीट विकास केन्द्र भएको र यस कार्यालयको कार्यक्षेत्र गण्डकी प्रदेशका ११ वटै जिल्ला रहेको छ  । हाल यस कार्यालयले आफ्नो कार्यक्षेत्र भित्र रहेर मौरी, च्याउ र रेशमखेती सम्बन्धी विभिन्न कार्यक्रमहरु सञ्चालन  गर्दै आइरहेको छ।

 

 

 

 

Contact Info

Center For Industrial Entomology Development

Bandipur,Tanahun

Phone :

Audio Notice Board:

Email: cie.gandaki77@gmail.com

WEB : http://cie.gandaki.gov.np

We Are Here