प्रकाशित मिति : २०१८-११-२० (अद्यावधिक मित : २०२१-०४-१५)

साविक प्रजनन् पिढी विज कोया श्रोत केन्द्र बन्दिपुर, तनहूँमा स्थापित यस कार्यालयको  नाम परिवर्तन भइ व्यवसायिक किट विकास केन्द्र, बन्दपुर  रहेको छ । हाल यस कार्यलयले गण्डकी प्रदेशका ११ वटै जिल्ला आफ्नो कार्यक्षत्र बनाइ मौरी पालन तथा रेशम खेति सम्बन्धि  कार्यक्रम संचालन गर्न  निम्नानुसारको कार्यविवरण तय गरेको छ।

· एपिस सेराना तथा एपिस मेलिफेरा मौरी को क्षेत्र निर्धारण गरिए अनुरुप विकास र विस्तार तथा व्यवसायिकरण गर्ने ।

· महको गुणस्तर निर्धारणका लागि प्रयोगशालाको विकास गर्ने ।

· मौरी श्रोत विकास कार्यक्रमलाइ संचालन गर्ने ।

· कृषक तथा प्राविधिकलाइ दक्ष बनाउन अध्ययन/तालिम/भ्रमणको व्यवस्था गर्ने ।

· मौरी जन्य उद्योग, मह प्रशोधन यन्त्र आदि स्थापना गर्न प्राविधिक/आर्थिक सहयोग प्रदान गर्ने ।

· गुणस्तरीय रानु उत्पादन वितरण गर्ने ।

· रेशम उत्पादन कार्यलाइ सघनीकरण,व्यवसायिकरण,यान्त्रिकरण,औधोगिकरण एवम विविधिकरण गर्ने ।

· रेशम खेति स्थल उत्पादन साथै उत्पादनमा सामदायिक संलग्नता अनुरुप गुणस्तरीय रशेम उत्पादन तथा निर्यात गर्ने ।

· रेशम मातृश्रोत संरक्षण गर्ने ।

· रेशम खेति कार्यक्रमलाइ cluster package approach को आधारमा परिचालन गर्ने ।

· रेशम कोया ग्रेडिङ प्रणालीमा सुधार गर्न निजी क्षेत्र तथा संघ संस्थालाइ संलग्न गराउने ।

 

 

सम्पर्क विवरण

व्यावसायिक कीट विकास केन्द्र

बन्दिपुर,तनहुँ

सम्पर्क नं. :

अडियो सूचना :

ईमेल:ciegandaki77@gmail.com

वेव : http://cie.gandaki.gov.np

हाम्रो नक्सा