प्रकाशित मिति: २०२४-०३-२८
२०८०/१२/१५
च्याउ श्रोत कन्द्रलाई सहयोग तथा प्रवर्धन कार्यक्रम संचालनका लागि आवेदन पेश गर्ने सम्बन्धी सूचना।
यस कार्यालयको आ.व.२०८०/८१ को वार्षिक स्वीकृत कार्यक्रम अनुसार च्याउ श्रोत केन्द्रलाई सहयोग तथा प्रवर्धन कार्यक्रम रहेको हुदाँ गण्डकी प्रदेश भित्रका च्याउ उद्यमी कृषक समुह/कृषि फर्म/ कृषि सहकारीले तपशिल वमोजिमको कागजात संग्लन राखी मिति २०८०/१२/२५ सम्म कार्यालय समय भित्र आइपुग्ने गरी आवेदन पेश गर्न हुन यो सूचना प्रकाशित गरिएको छ।
तपशिल
क्र.स. | कार्यक्रमको नाम | स्वीकृत लक्ष्य | जम्मा बजेट रु.हजारमा | अनुदान | कैफियत |
१. | च्याउ श्रोत केन्द्रलाई सहयोग तथा प्रवर्धन | १ | १००० | ५०% |
|
आवश्यक कागजातहरुः
१.अनुदान पाउँ भन्ने कार्यालयको निर्दिष्ट फर्मेट अनुसारको निवेदन।
२.फर्म/समुह/सहकारीको हकमा संस्था दर्ता प्रमाण-पत्र २०८०/८१ को कर चुक्ता प्रतिलिपी।
३.समुह/सहकारीहरुको निर्णय प्रतिलिपी।
४.कम्तीमा २ रोपनी क्षेत्रफल भएको लाल पुर्जाको प्रतलिपी वा १५ वर्षको लिजको करारनामा।
५.सम्बन्धीत वडा कार्यालयको सिफारिस पत्र।
६.शैक्षिक योग्यता तालिम,अनुभव अन्य आवश्यक पत्र